चिनियाँ नेताकाे भ्रमणले उपत्यकाको सवारी आवागमन प्रभावित



काठमाडाैँ, भाद्र २८
नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

बिहान पौने ९ बजे यता रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ ।

लीले अहिले नयाँ बानेश्वरमा रहेको सङ्घीय संसदमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग भेटवार्ता गर्दैछन् । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ ।

भेटवार्तापछि उहाँ फर्कने समय बिहान साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल र रविभवनसम्म गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यसैगरी दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि गाडीको आवागमन प्रभावित हुनेछ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News