Deshko News
१५ मंसिर २०८०, शुक्रबार

सचिवहरुको सरुवा : गृहसचिवमा विनोदप्रकाश सिंह


 


काठमाडौं, भाद्र २८
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको व्यापक सरुवालाई तीव्र पारेको छ ।

सोही अनुसार सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो । बैठकले गृह मन्त्रालयमा प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याउने निर्णय गरेको छ ।

हाल गृहको जिम्मेवारीमा रहेका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको बताइएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी तोकिएका तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ ।

आपूर्तिका सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखिएको छ। अख्तियारमा प्रधानमन्त्री कार्यालयका रामप्रसाद घिमिरेलाई पठाइएको छ । सरुवामा परेका गृहसचिव पाण्डेको अष्ट्रेलिया भ्रमण तय भई हवाई टिकट समेत काटिसकेपछि उनको सरुवा भएको हो ।

असोज १ गते उनी गृहसचिवकै हैसियतमा अष्ट्रेलिया जाँदै थिए । तर अष्ट्रेलिया जानु भन्दा ४ दिनअघि गृहबाट उनको सरुवा भएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्