Deshko News
१३ आश्विन २०८०, शनिबार

परराष्ट्र सचिव पौडेल र भारतीय समकक्षी क्वात्राबीच दिल्लीमा भेटवार्ता



काठमाडौं, भाद्र २९
दिल्ली भ्रमणमा रहेका नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच भेट भएको छ ।

तीन दिने भ्रमणका लागि दिल्ली पुगेका परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षी क्वात्रासँग मंगलबार भेट गरेका हुन् ।

उक्त भेटवार्तामा दुई समकक्षीबीच द्विपक्षीय हितका विषयमा छलफल भएको र राजनीतिक नेतृत्वले तय गरेको भिजन बमोजिम नेपाल-भारतको सम्बन्धलाई सकारात्मक गतिमा अघि बढाउने विषयमा समझदारी बनेको सचिव क्वात्राको सचिवालयले उल्लेख गरेको छ ।

परराष्ट्र सचिव पौडेल बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News