Deshko News
१३ आश्विन २०८०, शनिबार

न्युरोड क्षेत्रमा आजदेखि चार दिनसम्म गाडी गुडाउन नपाइने



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।

बढ्दो सवारी चापलाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा आजदेखि चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो ।

कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

न्युरोड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो । तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News