Deshko News
८ आश्विन २०८०, सोमबार

बङ्गलादेशमा डुंगा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ३० बेपत्ता



एजेन्सी, असाेज ११
बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो ।

डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अझै थाहा हुन नसकेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ ।

प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो ।

क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News