सुतीजन्य पदार्थको सेवनबाट प्रत्येक घण्टामा ४ जनाले ज्यान गुमाउँदै


 


काठमाडौं, असाेज १२
नेपालमा एक घण्टामा ४ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ सेवनबाट स्वास्थ्यमा परेको असरबारे विगत ३० वर्षको तथ्यांक संकलन र विश्लेषण गरी सुझावसहित तयार पारेको ‘हेल्थ इम्प्याक्ट अफ टोब्याको इन नेपाल’ नामक अनुसन्धानात्मक प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।

सो प्रतिवेदन नेपाल चिकित्सक संघले हालै आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नुभएको थियो ।

प्रतिवेदनले विगत ३० वर्षमा नेपालमा धुम्रपान गर्नेको संख्या ३२ प्रतिशतले बढेको र यसैका कारण २० प्रतिशत मानिसको मृत्यु हुने गरेको जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्