बडादशैंको चौंथो दिन आज : कुष्माण्डा भगवतीको पूजा गरिँदै



काठमाडौं, असाेज १३
बडादशैंको आज चौंथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरेर मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। बिहीबार पनि बिहानैदेखि विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो रहेको छ ।

भगवती दुर्गाको कुष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ति भएको धार्मिक विश्वास रहेको धर्मशास्त्रविदको भनाइ छ। कुष्माण्डा भगवतीको पूजाले आयु, यश, बल, आरोग्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

बडादशैंको पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News