आइकाओ महासभामा मन्त्री श्रेष्ठको सम्बोधन – नेपाली आकाश सुरक्षित छ


 


काठमाडौं, असाेज १३
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।

क्यानडाको मड्रियल सहरमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।

आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउँदै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताए ।

उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्