Deshko News
११ आश्विन २०८०, बिहिबार

विकासे मन्त्रालय र मातहतका निकाय ‘घुसका अखडा’, ‘सेटिङ धन्दा’ ले सेवाग्राही हैरान



काठमाडौं, असाेज १३
निर्वाचन आचारसंहिता लागू हुनुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र मातहतका निकायमा सेटिङमा ठूलो संख्यामा कर्मचारी सरूवा गरियो ।

अहिले पनि ती निकायमा ‘ब्याकडेटमा’ कर्मचारी सरूवा र सरूवा मिलाउने कामसमेत भइरहेको छ । निर्वाचन आयोगले बुधबारदेखि नै निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।

यस्तो अवस्थामा ‘कुनै पनि निकायले निर्वाचन आयोगको सहमतिबेगर कर्मचारी सरूवा गर्न’ पाउँदैन । तर, मन्त्रालयहरूले ‘ब्याकडेट’ मा सरूवा कार्य जारी राखेका छन् ।

महानिर्देशक तथा कार्यालय प्रमुख तहको सरूवा मन्त्रीले गर्ने कानुनी प्रावधान छ । त्यो भन्दा तललो तहको सरूवा सचिव र सहसचिवले नै गर्न सक्ने प्रावधान छ । तर, हरेक मन्त्रालयमा भएका कार्यालय सहयोगी, खरिदार, सुब्बा तथा अधिकृत सरूवामा समेत मन्त्री नै ‘हाबी’ पाइएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News