प्रतिनिधिसभामा २,४७३ र प्रदेश सभामा ३,३९३ जनाको उम्मेदवारी दर्ता


 


काठमाडौं, असाेज २४
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको जनाएको छ ।

यस्तै, प्रदेश सभा सदस्यका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले हिजो आइतवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो ।

प्रतिनिधि सभाअन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश सभातर्फ ३ हजार ९९ पुरुष, २ सय ९३ महिला र अन्य १ गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।

कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको र पूरा सूची आज मात्रै आउने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्