Deshko News
८ आश्विन २०८०, सोमबार

सम्पत्ति शुद्धीकरणमा सिंहविरुद्ध २७ करोडको मुद्दा, सम्पत्ति जफत गर्न माग



काठमाडौं, कार्तिक १६
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कालो धनलाई सेतो बनाउने प्रयासस्वरूप सम्पत्ति शुद्धीकरण गरेको भन्दै सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड बढीको मुद्दा दायर गरेको छ ।

साविक चाँदनी–६ कञ्चनपुर घर भई हाल काठमाडौं सुकेधारा बस्ने ४९ वर्षीय सिंहको २७ करोड ६७ लाख ७८ हजार ६ सय ५६ रुपैयाँ एक पैसाको स्रोत नखुलेपछि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले सिंह र उनकी श्रीमती शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहका नाममा रहेको सम्पत्ति जफत गर्न पनि माग दाबीसहित मुद्दा दायर गरेको हो ।

साथै सिंहलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सघाएको भन्दै अर्का प्रतिवादी जयन्ती थापाविरुद्धसमेत मुद्दा दायर गर्दै गिल्ट इन्भेस्टमेन्टको नाममा रहेको ४ लाख १४ हजार ३ सय ४ रुपैयाँ ५७ पैसा जफत गरी पाउन मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

सिंहले विदेशी भारतीय रुपैयाँ, अमेरिकी डलरको अवैध कारोबार र जुवासम्बन्धी कसुरबाट सम्पत्ति जोड्दै त्यस्तो सम्पत्तिको पुनः प्राप्त भोग चलन, उपयोग, उपभोग र धारणसमेतका कानुनले निषेधित कार्यमा प्रतिवादी जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाएको बताइएको छ । सिंहको जुवासम्बन्धी कसुर अदालतमा विचाराधीन रहेकोसमेत विभागले जनाएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News