Deshko News
९ आश्विन २०८०, मंगलबार

रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु



काठमाडौं, कार्तिक २०
रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो ।

आगलागीमा परि केही घाइते भएका छन् । आगलागीका कारण नाइटक्लब पुर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागी गर्ने ब्यक्ति र क्लब व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

आगलागीको समयमा सो नाइट क्लबमा २ सय ५० जना रहेको बुझिएको छ । रुसमा सन् २००९ मा पर्म शहरको नाइट क्लबमा भएको आगलागीमा पनि १ सय ५९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News