बलात्कारपछि महिलाको हत्या


 


चितवन, मंसिर ८
बलात्कारपछि महिलाको हत्या गरेको आरोपमा चितवनमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा सिरानचोक घर भएका हाल भरतपुर महानगरपालिका-२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार रहेका छन् ।

उनका अनुसार निर्वाचनको मतदानका दिन आइतबार बिहान ६ बजे तिर भरतपुर-२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडी हाट बजार लाग्ने कम्पाउण्डसहितको चौरमा ५५/६० वर्षको महिलाको शव फेला परेको थियो ।

अवस्था हेर्दा हत्या गरेको आशंका बढेपछि प्रहरीले स्थानीयसँग सोधपुछ र ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन् सक्ने व्यक्तिको पहिचान गरेको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्