प्रतिनिधि सभामा समानुपातिक तर्फ कुन दलको कति मत ? हेर्नुहोस् सबै विवरण


 


काठमाडौं, मंसिर १०
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ ।

धेरैको ध्यान प्रत्यक्ष उम्मेदवारहरुले कहाँ कति मत ल्याए भनेर चासो भइरहदा समानुपातिक निर्वाचन प्रणालीको भने कम चासो देखिएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नेकपा (एमाले( ले समानुपातिक तर्फ मत ल्याएको छ । एमालेले १७ लाख बढी मत प्राप्त गरिसकेको छ भने एमालेलाई कांग्रेसले पछ्याइरहेको छ ।

हेर्नुहोस् कुन दलको कति मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) १७४१६८१
नेपाली काँग्रेस १६८१६७०
राष्ट्रिय स्वतन्त्र पार्टी ७६०९९९
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रनेपाल समाजवादी पार्टी) ७४२४६३
राष्ट्रिय प्रजातन्त्र पार्टी ३८९४८४
जनता समाजवादी पार्टी, नेपाल २१३०४६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १५८४६८
नागरिक उन्मुक्ति पार्टी १३७६१४
जनमत पार्टी १३७५३६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ८१८३५
नेपाल मजदुर किसान पार्टी ६०५५७
हाम्रो नेपाली पार्टी ४०३८७
राष्ट्रिय जनमोर्चा ३७६२७

प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्