धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठ निर्वाचित



काठमाडौं, मंसिर १३
प्रतिनिधि सभाको धनुषा क्षेत्र नं ४ मा एमालेका सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतको अन्तरले पराजित गर्दै महासेठ निर्वाचित भएका हुन् ।महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए।

महासेठ २०७४ को निर्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए । यो जीत संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News