पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला


 


काठमाडौं, मंसिर १८
नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम राखिएको आशंका गरिएको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो ।

घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ ।

बाँस्कोटा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्