प्रदूषण जाँच पास नभएका सवारीलाई एक लाखसम्म जरिवाना


 


काठमाडौं, मंसिर २२
सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ ।

वातावरण विभागले आज सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहोर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।

पुस १ गतेपछि जाँच हुने र त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र जरिवाना गर्ने विभागको चेतावनी छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम

वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागले जनाएको छ । वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ ।

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्