Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रेसर कुकर पड्किँदा दुई सशस्त्र जवानसहित तीनजना घाइते



काठमाडौं, पुस ३
सशस्त्रको ब्यारेकमा कुकर पड्किँदा तीनजना घाइते भएका छन् ।

शनिबार राति सशस्त्र हेडक्वाटर हल्चोक पछाडि रहेको कार्यदल गणमा कुकर पड्किँदा तीन जना घाइते भएका हुन् ।

खाना पकाउने क्रममा कुकर पड्किएको बताइएको छ । घाइते हुनेमा सशस्त्र जवानद्वय हिरा सिंह बराल, यमनाथ योगी र क्यान्टिन सन्चालकका ११ वर्षीय छोरा आयुस बुढा घाइते भएका छन् ।

उनीहरु तीनै जनाको उपचार क्रीतिपुर अस्पतालमा जारी छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News