Deshko News
११ आश्विन २०८०, बिहिबार

उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ ।

जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार नियमित कामका लागि जंगी अड्डा पुगेका थिए ।

सर्वोच्चको आदेशअनुसार काममा लगाउनुको साटो सैनिक मुख्यालयले उनलाई नियन्त्रणमा लिएको हो । पूर्वाग्रहका आधारमा आफूलाई अवकाश पत्र थमाएको भन्दै न्यायका लागि सर्वोच्च पुगेका शाहीमाथि सैनिक मुख्यालयले भने सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप लगाएको छ ।

‘उहाँमाथि विगतमा आर्थिक अनुशासनमा नबसेको सन्दर्भका केहीकेही उजुरी परेका थिए,’नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, ‘त्यसैको छानबिनका लागि नियन्त्रणमा राखिएको छ ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति: २० पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News