Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे उम्मेदवार



काठमाडौं, माघ ४
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको हो ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News