Deshko News
१३ आश्विन २०८०, शनिबार

संसद भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको निधन



काठमाडौं, माघ ११
काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार दिउँसो आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको हो। व्यवसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।

प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पतालमा पुर्‍याएको थियो। तर उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको थियो। अस्पतालले आचार्य ज्यादै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको जनाएको छ ।

३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि लामो वक्तव्य फेसबुकमा पोस्ट गर्दै व्यवसायिक जीवनमा सबैतिरबाट असहयोग भएको र आफू लुटिएको समेत बताएका थिए । आचार्यले आफूलाई ठगी गर्ने दर्जनौं व्यक्ति तथा व्यवसायिक कम्पनीहरुमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News