आजदेखि सरकारी कार्यालय बिहान १० देखि अपरान्ह ५ बजेसम्म खुल्ने



काठमाडौं, माघ १६
सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन् ।

गृह मन्त्रालयका अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने भएका हुन् ।

मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन् ।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News