पानी निर्यात गर्न अन्तराष्ट्रिय स्तरकाे अध्ययन गर्दै सरकार


 


काठमाडाैं, माघ १७
सरकारले नेपालबाट खानेपानी निर्यात गर्न सकिने बारे अध्ययन थाल्ने भएकाे छ ।

आज नवलपरासीमा भएकाे कार्यक्रम खानेपानी मन्त्री अब्दुल खानंले पेट्राेल आयत गरे जसरी नेपालबाट खानेपानी पनि निर्यात गर्न सकिने बारे अध्ययन थालिने बताउनु भयाे ।

यस बारे छिट्टै निर्णय गर्न मन्त्रालयमा सचिव र विज्ञकाे बैठक बस्ने उहाँले जानकारी दिनु भयाे । मन्त्री खानंले कुन-कुन मुलुकमा पानी सहजै निर्यात गर्न सकिने विषय अन्तराष्ट्रिय स्तरकाे अध्ययन थालिने बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘यति धेरै हामी पेट्राेलियम पदार्थ आयत गर्छाै तर जलस्राेत दाेस्राे धनी देश नेपालबाट हामी किन पानी निर्यात गर्न सकिरहेका छैनाैँ ? के करण छ ? यसकाे लागि हामी मन्त्रालयमा अन्तराष्ट्रिय स्तरकाे विस्तृत अध्ययन गर्नेछाैँ।’

उहाँले खानेपानी आवश्यक पर्ने देशमा चाँडै नै पानी निर्यात गर्ने याेजना मन्त्रालयकाे रहेकाे बताउनु भयाे ।

विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न विशेष याेजना बनाएर मन्त्रालय अघि बढ्ने समेत उहाँले बताउनु भयाे ।

खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउँदै मन्त्री खानंले अब सरकारले पनि बाेतल र जारबाट खानेपानी उत्पादन गर्ने याेजना बनाइ कार्यन्वयन गर्ने बताउनु भयाे ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्