अर्कैको नाममा ‘लाइसेन्स’को ट्रायल दिने श्रेष्ठ पक्राउ


 


काठमाडौं, माघ १८
भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा मोटरसाइकलको लाइसेन्स ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – ९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका-५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्