५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, माघ १८
नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्