यसरी बढ्दो छ पेन्सनको व्ययभार


 


काठमाडौं, माघ १९
पछिल्लो नौ वर्षमा निजामति, सुरक्षा निकाय र शिक्षकलाई दिइँदै आएको निवृत्तिभरण (पेन्सन) को रकम झण्डै तेब्बरले बढेको छ ।

सेवानिवृत्त भएका निजामति कर्मचारी, दुवै प्रहरी, नेपाली सेना र शिक्षकबाट अवकास पाएका कर्मचारीलाई सरकारले प्रत्येक महिना पेन्सन दिँदै आएको छ ।

यस्तो, पेन्सन गत नौ वर्षयता झण्डै तेब्बरले बढेको हो । सरकारले नौ वर्षका बीचमा तीन-चार पटक कर्मचारीको तलब बढाएको छ भने पेन्सनमा निस्केका कर्मचारीको संख्यामा पनि लगातार बृद्धि भइरहेको छ ।

यी दुई कारण पेन्सनको व्ययभार क्रमशः बढ्दै गएको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्