टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो, खोजी तथा उद्धार कार्य जारी


 


एजेन्सी । टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या ३ हजार ८ सयभन्दा माथि पुगेको छ । टर्की र सिरियामा गरी अहिलेसम्म करिब ३ हजार ८ सय जना मानिसहरूको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।

सोमबार बिहान टर्की केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायल हल्लाएको थियो।

भूकम्पबाट भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ कुनै क्षति भएको छैन।

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ३ सय ७९ जनाको ज्यान गएको छ भने ११ हजार जना घाइते भएको खबर छ। त्यहाँको सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

यस्तै भूकम्पबाट सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: २४ माघ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्