सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता



काठमाडौं, फागुन १५
नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News