मूल्य घटाउन अटेरी गर्दै आयल निगम



काठमाडौं, चैत्र ३
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी गर्दै आएको छ ।

पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफामा कमाइ रहेको छ ।

नाफामा भएपनि इण्डियन कर्पोरिसन (आईओसी) लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई ६ अर्ब ३० करोड ऋण गरी ११ अर्ब १० करोड तिर्न बाँकी भन्दै स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने सोचमा निगम बसेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन नाफा भएपनि खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ निगमले घाटा व्यर्होनु परेको हुँदा पेट्रोलियम पदार्थको मूल्य नघटाएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News