भक्तपुरबाट दुई भारतीयसहित १६ जुवाडे पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद


 


काठमाडौं, चैत्र ९
भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ परेका छन् ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा क्याफेका सञ्चालक दिलीप गिरीसहित टीकाराम गिरी, जितबहादुर विश्वकर्मा, नवराज बोहरा, सन्तोष श्रेष्ठ, कसाङ लामा, शंखबज्र लामा, सन्तोष चौलागाईँ र सुमन खनाल रहेका छन् ।

यस्तै गोपाल कुईँकेल, कृष्णबहादुर मोक्तान, विक्रम ब्लोन मोक्तान, कृष्ण बुढाथोकी, छवाङ वाईबा, भारत घर भएर कुपण्डोल बस्ने मदन मण्डल र सुनिल कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाको खालबाट नेपाली २ लाख ४२ हजार तथा भारतीय ४८ हजार ५ सय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरुलाई थुनामा राखेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्