घट्यो सुनको मूल्य, सुनको मूल्य प्रतितोला कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८ हजार तोकिएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्