सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?


 


काठमाडौं, चैत्र १५
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ८ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार ५०० रुपैयाँ तोकिएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्