तीन सचिवको सरुवा, को कहाँ पुगे ?


 


काठमाडौं, चैत्र १६
सरकारले तीन जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

यस्तै लुम्विनी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेलाई कोशी प्रदेश विराटनगरको प्रमुख सचिवमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्