आजको मौसम : उच्च पहाड र हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं, चैत्र १७
हाल देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।
जसकारण अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ। देशका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
यस्तै, आज राती देशभर सामान्य बदली रहनेछ । केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।