हिमालयन एयरका क्रू मेम्बरले नै उडिरहेको जहाजभित्र टिकटक बनाएपछि…



काठमाडौं, चैत्र १७
नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र टिकटक बनाउने तीनजना क्रू मेम्बरमाथि कारवाही गरेको छ ।

प्राधिकरणले उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बरलाई कारवाही गरेको हो ।

काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News