आज सूर्यग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने


 


काठमाडौं, वैशाख ७
वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।

समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन ।

नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन । आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि नपर्ने बताइएको छ ।

वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्