Deshko News
१८ आश्विन २०८०, बिहिबार

चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै



सिन्धुपाल्चोक, वैशाख २०
नेपालबाट चीन समान निर्यात गर्ने भन्दै बडो तामझाम गरिएपनि चिनियाँ अधिकारीहरुले बनाएको नयाँ नियमका कारण पहिलो दिन नै नाकामा लफडा देखिएको छ ।

स्वतन्त्र रुपमा नेपाल र चीनबीच आयात निर्यात गर्ने भनिए पनि तातोपानी नाकामा नेपाली ट्रकहरूलाई सीमा पार गर्न नदिएको पाइएको छ ।

चिनियाँ ट्रकहरुमै समान स्थानान्तरण गरेर चिनियाँ ट्रकहरुमामात्र समान लैजान पाइने भएपछि निर्यातमा समस्या देखिएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले सीमामा ल्याइएको नयाँ नियमबारे थाहा नभएको दाबी गरे ।

उनले आफुलाई थाहा भएसम्म यात्रु र सवारीको आवागमन सुचारु गर्ने विषयमा अर्को बैठकमा छलफल हुने बताए ।

यद्यपी चिनतर्फ नेपाली यात्रु र कन्टेनरलाई सहज आवागमन नभएको विषयमा आफुहरु सचेत भएको उनको तर्क छ ।

भन्सार कार्यालयका प्रमुख केसीले भने, ‘तीनवटा कन्टेनरले मितेरी पुलमा बाँसको स्टूल, रतन कुर्सी र गद्दाहरू चिनियाँ ट्रकमा लोड गरिएकाे थियाे।’

सन् २०१५ मा नाका बन्द हुनुअघि नेपाली ट्रकलाई मितेरी पुलबाट चीन प्रवेश गर्न दिइएको थियो ।

काठमाडौंबाट करिब १ सय १५ किलोमिटर टाढा रहेको तातोपानी नाका ऐतिहासिक रूपमा चीनसँगको व्यापारको मुख्य स्थल मार्ग हो।

भूकम्पपछि नाका बन्द हुनुअघि तातोपानी भन्सार कार्यालयले दैनिक रु १ करोड ५० लाखभन्दा बढी राजस्व संकलन गर्ने गरेको थियो ।

लामो समयदेखि नेपाल र चीन जोड्ने उत्तरी नाकामा समस्या देखिंदै आएको छ । भूकम्पपछि बन्द भएकाे नाका पछि कोरोनापछि झन् ठप्प भएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News