Deshko News
१५ मंसिर २०८०, शुक्रबार

भारतीय अनुदानमा निर्माण हुन लागेकाे ध्यान केन्द्रकाे शिलान्यास


 


काठमाडाैं, वैशाख २३
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने सोलुखुम्बुका महाकुलुङ गाउँपालिकास्थित ध्यान केन्द्रकाे शिलान्यास गरिएको छ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा न्गोंगा थेक्चोक चोलिङ ध्यान केन्द्रको शिलान्यास शिलान्यास गर्नु भएकाे हाे।

बुद्ध पूर्णिमाको अवसरमा ध्यान केन्द्रकाे शिलान्यास गरिएको हाे । सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन्।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्