शरणार्थी प्रकरणबारे ओलीले भने– तथ्य खोज्दैछु, जेठ ४ गतेसम्म खोल्छु


 


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले तथ्य खोजिरहेको बताएका छन् । उनले यो प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोजिरहेको र जेठ ४ गते संसदमा उक्त तथ्य खोल्ने बताएका हुन् ।

बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘सम्भवत म ४ गते पार्लियामेन्टमा बोल्छु र यसको तथ्य खोल्छु । कुन शरणर्थीका नाममा कसलाई नक्कली शरणार्थी बनाएर पठाइयो र त्यसमा को–को संलग्न छन् भन्ने तथ्यसहित बोल्छु ।’

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्