बालकृष्ण खाँणबारे निर्णय लिन काँग्रेसले अदालतको निर्णय पर्खिने


 


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई काँग्रेसले तत्काल कारबाही नगर्ने भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले खाँणलाई तत्काल कारबाही नगर्ने निर्णय गरेको हो । बैठकले अदालतको निर्णयपछि उचित कदम चाल्ने निर्णय गरेको छ ।

अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने निष्कर्ष निकालिएको सहमहामन्त्री जीवन परियारले बताए ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्