Deshko News
१४ मंसिर २०८०, बिहिबार

कांग्रेस नेता एवं संविधान सभा सदस्य बस्नेतको निधन


 


काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । बस्नेतको ७८ वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००२ मंसिर २१ गते सोलुखुम्बुमा जन्मनुभएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए । २००७ सालको जन–क्रान्तिदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहेर राजनीति गरेका बस्नेत नेपाली काँग्रेसको पूर्व केन्द्रीय तथा पूर्व सांसद पनि हुन् ।

उनले २०४८ सालदेखि २०५१ सालसम्म गारखापत्र संस्थानको अध्यक्षको जिम्मेवारी समेत बहन गरेका थिए । उनले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि लामो समयसम्म काम गरेका थिए ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्