Deshko News
१२ मंसिर २०८०, मंगलबार

आरजू देश छोडेर भागेको हल्ला, के हो वास्तविकता ?


 


काठमाडौं, वैशाख २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजू राणा देउवा देश छोडेर भागेको हल्ला चलेपछि उनले त्यसको खण्डन गरेकी छन् ।

सामाजिक संजालमा आरजू भारत हुँदै तेस्रो मुलुक भागेको हल्ला चलेपछि राणाले हेटौंडाको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू नेपालमै रहेको जानकारी दिइन् । उनले हिजो हेटौंडामा स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो समाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम पनि मुछिएको छ। एक अडियोमा पीडितले आरजू राणा र मञ्जु खाँणलाई पैसा बुझाएको दाबी गरिएको छ।

उक्त अडियोको वैज्ञानिक जाँच भइरहेको प्रहरीले जनाएको छ। बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसभित्र तरंग उत्पन्न भएको छ। सोही विषयलाई आधार बनाएर आरजू भारत हुँदै सिंगापुर भागेको हल्ला चलेको थियो।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्