Deshko News
१६ मंसिर २०८०, शनिबार

जजिराले फेरि रोक्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान


 


काठमाडौं, वैशाख २९ । जजिराले एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको छ।

जजिराले भैरहवा–कुवेत उडान करिब तीन सातादेखि रोकेको विमानस्थल कार्यालयले बताएको छ। कार्यालयका प्रवक्ता दिपक बज्रचार्यकाअनुसार एयरवेजले आन्तरिक कारण देखाउँदै उडान रोकिएको बताएको छ।

जजिराले यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो। यसबीच जजिराले विभिन्न कारण देखाउँदै पहिले पनि केही महिना उडान बन्द गरेको पनि थियो।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्