गण्डकीको मन्त्रिपरिषद बिस्तार, को–को भए मन्त्री ?


 


काठमाडौं, वैशाख २९ । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।

मन्त्री नियुक्त हुनेमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा छन् । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ मन्त्री भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ४ बजे हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले यसअघि वैशाख १४ गते मुख्यमन्त्री भएका पाण्डेले १५ गते कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्