एमाले बैठकमा उठ्यो संघीयताको विपक्षमा आवाज


 


काठमाडौं, वैशाख २९ । नेकपा एमालेमा संघीय प्रणालीको विपक्षमा आवाज उठेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्य गोकुल बास्कोटा र महेश बस्नेतले संघीयताको विपक्षमा मत राखेका हुन् । नेता द्वयले संघीयता देशको हितमा नभएको भन्दै अब पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् ।

यसअघि सामाजिक सञ्जालमा पनि बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनले तर्क गरे ।

अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो ।

एमालेमा पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको छ । अनौपचारिक कुराकानीमा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्ने गरेका छन् ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्