Deshko News
१५ मंसिर २०८०, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री चौधरी पनि भुटानी शरणार्थी प्रकरणमा मुछिए


 


काठमाडौं, वैशाख २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद डा. आरजु राणा देउवा र पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पत्नी मञ्जुसँगै लुम्बिनीका मुख्यमन्त्री चौधरीको नाम पनि यो प्रकरणमा मुछिएको हो ।

पक्राउ परेर बयान दिने क्रममा अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले चौधरीको पनि नाम लिएको प्रहरी स्रोतको दाबी छ । अभियुक्त सन्देश शर्मा दाङकै हुन् ।

प्रहरी हिरासतमा रहेका अभियुक्त शर्माले बयानका क्रममा ‘कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी र लुम्बिनीका मुख्यमन्त्री चौधरीको सहयोग लिएर हाल हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पटक–पटक भेट गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्