Deshko News
१६ मंसिर २०८०, शनिबार

जेठ १ देखि केही समय मेलम्चीको पानी वितरण रोकिने


 


सिन्धुपाल्चोक, वैशाख ३० । मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समयका लागि रोकिने भएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार सामान्य बाढी आएको बेला पनि आयोजना सञ्चालनमा असर पर्ने गरि उपकरण जडान गरिने लागिएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्