माइलाकै सिको गर्दै मोरङका माझी ‘हाइटेन्सन’ पोलमा चढे, शर्त पूरा गर्नुपर्ने माग


 


काठमाडौं, वैशाख ३० । आफूले राखेको माग पूरा गर्नुपर्ने माग गर्दै मोरङका एक युवक बिजुलीको ‘हाइटेन्सन’ पोलमा चढेका छन्। शनिवार बिहान मोरङ बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय दिनेशकुमार माझी बिजुलीको हाइ भोल्टेज विद्युत प्रवाह हुने पोलमा चढेका हुन्।

बुढीगंगा गाउँपालिकामा सडक रिटेनिङ वाल निर्माणको काम गुणस्तरीण नभएको र त्यसलाई तत्काल रोक्नुपर्ने माग गर्दै उनी पोलमा चढेका हुन्। उनलाई स्थानीय र प्रहरीले पोलबाट ओर्लिन आग्रह गरे पनि उनले मानेका छैनन्।

उनले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग पुरा गर्ने प्रतिबद्धता गरेमात्र उत्रिने बताएका छन्। उनी बिहान ८ बजेदेखि पोलमा चढेको हुन् । समितिमा आफूलाई नराखेको भन्दै पोलमा चढेको वडा नम्बर ७ का पंकज चौधरी थारुले बताए ।

गत जेठको २८ गते नुवाकोटको ककनी गाउँपालिका ७ मा रहेको बिजुलीको पोलमा एक युवक यसरी नै हिँडेका थिए। बेलकोटगढी नगरपालिका १३ घले गाउँ बस्ने ४५ वर्षीय माइला विकलाई ६ घण्टा भन्दा बढी समयपछि नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्