भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन


 


काठमाडौं, वैशाख ३० । भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका व्यक्तिहरु कार्यक्रममा उपस्थित भएका थिए ।

भ्रष्टाचारविरुद्ध अहिले देशभर प्रदर्शन भइरहेको छ । प्रर्दशनमा नागरिकहरु स्वस्फूर्त रुपमा सहभागी भइरहेका छन् ।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्