शरणार्थी प्रकरणको छानबिन हुनेमा बाबुराम भट्टराईको आशंका

काठमाडौं, वैशाख ३० । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली शरणार्थी प्रकरणमा छानविन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिवार काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको वृहद् नागरिक आन्दोलनमा सहभागी हुँदै उनले यस्तो आशंका ब्यक्त गरेका हुन् ।
बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको उनले बताए । जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने उनको भनाइ थियो ।
अहिलेको निर्वाचन प्रणालीले बहुमत नपुग्ने भएकाले सरकार जोगाउन कार्यकारी प्रमुखले दह्रो कदम चाल्नुपर्ने उनको सुझाव छ ।
प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार